Monday, December 12, 2016

छोटो जानकारी - Chhoto Janakari - Brief Information: टाउको हल्लाउने समस्याका फाइदा र बेफाइदा - Advantag...

छोटो जानकारी - Chhoto Janakari - Brief Information: टाउको हल्लाउने समस्याका फाइदा र बेफाइदा - Advantag...हामी सामाजिक प्राणीहरु हौँ । हामीमा चेतना छ, अनुशासन छ । सामान्यतः सुनेको र देखेको भरमा टाउको हल्लाउने बानी यत्रतत्र भएको हामी पाउछौँ । यस क्रममा हाम्रो टाउको कहिले कता त कहिले कता हल्लिन पुग्छ । सबै प्रकारका हल्लाइले सबैलाई प्रशन्न वा क्रोधित बनाउँछ भन्ने हुँदैन । टाउको जानाजान यतैतिर हल्लाउँछु भनेर हल्लाउनु र अज्ञानतावश हल्लाउनुमा भने केही फरक हुन्छ । यो साइट खोलेपछि टाउको हल्लाउने समस्याका फाइदाहरु केके होलान् ? भन्ने कुरा यहाँहरुलाई ... for detail, click here.

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: नेपालीहरुको विश्वव्यापी वैज्ञानिक महाअभियान जापानम...

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: नेपालीहरुको विश्वव्यापी वैज्ञानिक महाअभियान जापानम...: देशका विभिन्न जिल्लाहरुमा रहेका विश्वविद्यालय, कलेज, विद्यालय, पुस्तकालय, प्रयोगशाला, अनुसन्धानकेन्द्र आदिमा केही वर्षयता निरन्तर रुपमा कार्यक्रम गर्दै आएको भौतिक शास्त्र पुनर्निर्माण अभियानले स्वदेश तथा विदेशमा विभिन्न सन्जाल गठन गर्न थालेको छ । यसै क्रममा विश्वव्यापी भौतिक शास्त्रीय महाअभियानका रुपमा नेपालबाट थालिएको उक्त अभियान’को जापान सन्जाल समेत गठन भएको छ । उक्त विश्वव्यापी वैज्ञानिक अभियानले जापान सम्पर्क समितिमार्फत् जापानका विभिन्न शिक्षण संस्था र अनुसन्धान केन्द्रहरुमा भौतिक शास्त्रसम्बन्धि सचेतना, प्रवचन र परीक्षणहरु प्रदर्शन र सन्चालन गर्ने लक्ष्य राखेको छ । उक्त सन्जालको संयोजकमा संयोजकमा कृष्ण सुवेदी रहेका छन् भने सदस्यहरुमा प्रकाश श्रेष्ठ, रमेश कार्की, विकास सुवेदी र भरत केसी ... For detail information click here ...



The historical and worldwide campaign for physicists 'Physics Reformation Campaign' has recently formed a network in Japan. The Japan network of the campaign is in the leadership of Mr. Krishna Subedi. In the network, Mr. Prakash Shrestha, Mr. Ramesh Karki, Mr. Bharat KC and Mr. Bikas Subedi ... for detail information click here ...



Other related news covered by nepali medias and videos if necessary:

http://www.enayapatrika.com/2016/12/110340

http://www.rastriyakhabar.com/?p=65464

http://www.setoghar.com/news/1213/

https://www.youtube.com/watch?v=Q1-1df2nzb8

http://himaliyuba.blogspot.com/2013/07/blog-post_12.html#.WEhQP9J96aE

http://myagdikali.com/89657.html

https://www.facebook.com/physicsreformationcampaign

http://www.janamanch.com/?p=5963

http://karnalikhabar.com/news/2016/12/05/21167.html


Sunday, December 4, 2016

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: नेपालीहरुको विश्वव्यापी वैज्ञानिक महाअभियान जापानम...

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: नेपालीहरुको विश्वव्यापी वैज्ञानिक महाअभियान जापानम...: नेपाल समाचारपृष्ठ देशका विभिन्न जिल्लाहरुमा रहेका विश्वविद्यालय, कलेज, विद्यालय, पुस्तकालय, प्रयोगशाला, अनुसन्धानकेन्द्र आदिमा केही व...

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: Formation of Japan Network of Physics Reformation ...

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: Formation of Japan Network of Physics Reformation ...: The historical and worldwide campaign for physicists 'Physics Reformation Campaign' has recently formed a network in Japan. T...

Saturday, October 29, 2016

बाउन्स् शैलीको बौद्धिक परम्परामा सुधार आवश्यक: Prof. Dr. Bidyanatha Koirala

  • वरिष्ठ शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले हाम्रै देशको कुरा अरुले भनिदिएपछि वा अन्यत्रै ठोकिएर फर्किएपछिमात्र ग्रहणीय र अनुकरणीय लाग्ने 'बाउन्स् शैली'को बौद्धिक परम्परामा सुधार गर्नुपर्ने आवश्यक्ता भएको औँल्याउनु भएको छ । कोइरालाले (वि सं २०६९) साउन २७ गते शनिवारका दिन 'भविन्द्र कुँवर'द्वारा लिखित 'न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?' शीर्षकको भौतिक शास्त्रीय अनुसन्धानात्मक कृति हेराल्ड इन्टर्नेशनल कलेज, चक्रपथमा विमोचन गर्दा उक्त कुरा वताउनु भएको हो । उक्त कलेजका पृन्सिपल नारयाण उपाध्यायको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा 'मनोज शर्मा'ले आगन्तुकहरूलाई स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो भने कार्यक्रम 'भौतिक शास्त्र पुनर्निर्माण अभियान'का सदस्य सचिव नवीन भावुकले सन्चालन गर्नुभएको थियो ।

  • प्रमुख अतिथि कोइरालाले नेपालीहरू पनि कुनै नयाँ कुराहरूलाई अरुले विश्लेषन गरिदिएपछि वा भनिदिएपछि मात्र सकारात्मक रूपमा लिने अन्यथा त्यसलाई अविश्वास र उपेक्षा गर्ने मानसिक्ता र सोँचबाट माथि उठी आफैँले सही र गलत छुट्टाउने बानी र क्षमताको विकास गर्नुपर्ने आवश्यक्ता देखिएको बताउनु भएको छ । "न्युटन, आइन्स्टाइन आदि जुनकुनै वैज्ञानिकलाई भगवान शैलीमा ग्रहण नगरी स्वतन्त्र रूपमा नयाँ विचारहरूको विश्लेषण, परीक्षण र व्याख्या गर्नुपर्ने कर्तव्य हामी सबैको हो । 'योग' हुँदा सम्म हाम्रो चासो भएन अरुले 'योगा' भनिदिएपछि निकै चासोका साथ अनुसरण गर्दछौँ । अन्यत्रबाटै आउनुपर्ने हाम्रो 'बाउन्स् बुद्धि'को परम्परामा सुधार गर्नुपर्ने भएको छ ।", उहाँको भनाइ थियो । हाम्रो दर्शनको बुझाइ स्पष्ट हुनु आवश्यक छ भन्दै उहाँले भन्नुभयो, "नेपाली नेताहरू धेरैले भौतिकवाद र मार्क्सवादलाई सही रूपमा बुझेको मान्नुहुन्छ तर उहाँहरूको बुझाइ नै परस्परमा आलोच्य र भिन्न छ, यसलाई के भन्ने?" हाम्रो देशमा अनुसन्धानको क्षेत्र प्रशस्त रहेको र दास मानसिकताबाट मुक्त हुनुपर्ने आवश्यक्ता औँल्याउँदै उहाँले थप्नु भयो, "हाम्रो थकालीले आफ्नै बुद्धिले बनाएका चुलाहरू र हाम्रा विश्वकर्माले बनाएका औजारहरूमा पाइने मौलिक्ताहरूलाई पनि हामीले अरु कसैले नभनिदिँदै र नखोजिदिँदै सम्मान गर्न सक्नु पर्छ ।"

  • कार्यक्रममा बोल्ने अतिथिहरूले सम्बन्धित सबैले यस प्रकारका विषयबारे स्पष्ट गर्नुपर्ने आवश्यक्ता औँल्याएका थिए । यसै क्रममा शुभकामना मन्तव्य दिँदै 'मानव अधिकार तथा शान्तिसमाज'का महासचिव गङ्गाधर अधिकारीले कि त भौतिक शास्त्रीहरूले भविन्द्र कुँवरलाई कन्विन्स् गर्न सक्नु पर्छ कि त यो विषयलाई अगाडि बढाउन पहल गर्नुपर्छ् भन्ने धारणा राख्नु भएको थियो । "भविन्द्र कुँवरले गरेको काम के हो? त्यो भौतिक शास्त्रीहरूले नै जान्नुहोला, खोज्नुहोला तर न कुँवरका कुरा खन्डन गर्न सक्ने न सही छ भन्ने हो भने नयाँ कुराहरू गर्ने वातावरण सही रूपमा विकसित हुन सक्दैन । एउटा नेपालीले गर्न र दिन खोजेको चुनौती विज्ञानका क्षेत्रमा गरेका कार्यहरू सफल होऊन् भन्ने कामना र सदाशयता हाम्रो हो र हुनुपर्छ भन्ने हो", अधिकारकर्मी अधिकारीले बताउनुभयो ।

  • कृतिमाथि समीक्षा गर्ने कार्य सोही कलेजका भौतिक शास्र विषयका अध्यापक बालबिक्रम खत्रीबाट भएको थियो । खत्रीले कुँवरले प्रस्तुत गरेको नयाँ डाइमेन्सनका बारेमा अझ थप स्पष्ट गर्नु पर्ने आवश्यक्ता रहेको बताउँदै कुनै पनि सिद्धान्तहरू स्थापना हुन शताब्दिऔँ लाग्ने गरेको पाएको बताउनु भएको थियो । समीक्षक खत्रीले पुस्तकको शीर्षक 'न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?' भनेर नराखेर 'त्रुटिहरू', 'खन्डनहरू', वा अन्य केही राखिदिएको भए अगाडि जानका लागि थप सहज वातावरण सिर्जना हुने धारणा समेत राख्नुभएको थियो । महत्त्वपूर्ण ऐतिहासिक सामग्री र तिनको विश्लेषन समेत रहेकाले पनि उक्त कृति पठनीय हुनुका साथै अनुसन्धानकार्ताका लागि थप उपयोगी हुने धारणा समीक्षक खत्रीको थियो ।

  • विमोचित कृतिका लेखक 'भविन्द्र कुँवर'ले ठुलोठुलो लगानी नभए पनि हार्दिकता र आपसी सहयोगी भावनाका आधारमा यस खालका कार्यहरू सम्पन्न गर्न सकिएको बताउँदै अर्बौँ डलर लगानी भएका परीक्षणहरूबारे समाचारहरू सुन्दा र ती समाचारहरूमार्फत् विज्ञानका क्षेत्रमा त्यति धेरै लगानी गर्ने देशहरू पनि रहेछन् भन्ने थाह पाउने अवसर पाउँदा बेलाबेलामा अत्यन्तै खुशी लाग्ने गरेको अनुभव सुनाए । कुँवरले उक्त कृतिको शीर्षक न्युटनको चालको दोस्रो नियममा भएका त्रुटिहरूमा नै केन्द्रित भएकाले नयाँ डाइमेन्सन आदि अन्य विषयहरूबारे यसमा सम्पूर्ण रूपमा उल्लेख नगरिएको बताउनु भएको थियो । सिद्धान्त बन्दा हुन सक्ने त्रुटिहरू र नयाँ सिद्धान्तको प्रतिपादन हुँदा समाजको दृष्टिकोण एवम् भोगाइमा कुँवरको भनाइ केन्दृत थियो । "प्रकृतिको स्वभावको पहिलो बुझाइमा त्रुटि छ वा छैन र बुझाइपछिको अभिव्यक्तिमा त्रुटि छ वा छैन भनी जाँच गरेर हेर्दा कुनै पनि सिद्धान्त वा नियमले प्रकृतिको स्वभावको प्रतिनिधित्व गर्न सकेको छ वा छैन भन्ने कुरा जान्न सकिँदो रहेछ ।", कुँवरको भनाइ थियो । धेरैजसो भौतिक शास्त्रीहरू आर्किमिडिजको सिद्धान्त सही नभए पानीजहाज डुब्ने, न्युटनको चालको नियम सही नभएको भए यन्त्र, जहाज, रकेट र गाडीहरू नचल्नु पर्ने कुरामा विश्वास गर्ने र तिनै कुरा बढी उठाउने गर्छन् तर ती सबै एकातिर खोलो अर्कातिर पुलजस्तै हुन् । यस्ता कुरा पनि एटम बमलाई E = mc^2 सँग जोडेजस्तै हो भन्ने उनको धारणा थियो ।

  • भविन्द्र कुँवरले यो पनि थपे कि, "हरेक समयान्तरालमा दुरीको मात्रा थप हुँदै गए पनि न्युटनपूर्वदेखि नै गतिमा परिवर्तन हुने लहर चलेको र न्युटनले समेत सोही कुरालाई पछ्याउँदै गर्दा सानो तर आधारभुत कुरामा पनि ध्यान नदिइएको विश्वप्रसिद्ध नियमका रूपमा न्युटनको चालको दोस्रो नियम देखा परेको छ । अनुक्रमको त्रुटिपुर्ण उपस्थिति हुनुका अतिरिक्त चालको दोस्रो नियममा थुप्रै त्रुटिहरू रहेका छन् र तीबारे यस पुस्तकमा उल्लेख गरिएको छ । पूर्वस्थापित नियमहरू खुला रूपमा आइसकेका छन् अब कसैले कुनै बहाना गरेर वा छोपेर वा तोपेर ती त्रुटिपूर्ण नियमहरू टिकाइ राख्न र सबै पुस्तालाई गलत रूपमा मार्ग निर्देशन गरिरहन सम्भव छैन किनकि तथ्यहरू अल्पमत वा बहुमतबाट निर्देशित भएको इतिहास पाउन सकिनँ । इतिहासमा विचार, सिद्धान्त वा नियमबाट विश्वविद्यालय, सङ्घसंस्था आदि प्रभावित हुँदै गएको जति धेरै पाउन सकिन्छ त्यति सङ्घसँस्थाबाट विचार, सिद्धान्त वा नियमहरू प्रभावित भएको पाइँदैन । मेरो यस प्रकारको इतिहासको बुझाईलाई अन्यथा अर्थमा लिनुहुनेछैन भन्ने अपेक्षा राखेको छु ।"

  • कार्यक्रमको अन्त्यमा सभापति नारायण उपाध्यायले आफ्नो र आफ्नो संस्थाका तर्फबाट यस कार्यका लागि हुन सक्ने सहयोग गर्न हरदम इच्छुक रहेको बताउनुभएको थियो । कुनै पनि असल कार्यहरू ओझेलमा पर्नु राम्रो नहुने धारणा राख्दै कार्यक्रमका सभापति उपाध्यायले भन्नुभयो, "हामी सबैले आआफ्ना तर्फबाट सक्दो सहोयोग गर्नुपर्छ, बन्दका बेलामा पनि उपस्थित भई कार्यक्रम सफल बनाइदिनुभएकोमा अतिथि तथा सम्पूर्ण उपस्थित महानुभावहरूमा हार्दिक आभार प्रकट गर्दछु ।" यातायात व्यवसायीले गरेको बन्दका कारण कार्यक्रम केही ढिलो सुरु भएको थियो भने उपस्थित सबैलाई पुस्तक तथा सम्बन्धित सामग्री उपलब्ध गराइएको थियो । कार्यक्रम हेराल्ड इन्टर्नेशनल कलेज, भौतिक शास्त्र पुनर्निर्माण अभियान, र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । भविन्द्र कुँवरका भौतिक शास्त्रसँग सम्बन्धित अन्य चार कृतिहरू यसअघि नै प्रकाशित भइसकेका छन् भने उनले विस्थापित तरल पदार्थको तौल ऊर्ध्वचापभन्दा कम हुँदा बढी ऊर्जा उत्पादन गर्न सकिने र बढी हुँदा उही परिमाणको तरल पदार्थबाट कम ऊर्जा उत्पादन गर्न सकिने मेशिन (UBM-1) को आविष्कारसमेत गरिसकेका छन् । आर्किमिडिजको सिद्धान्त स्पष्टत: गलत भएको कुरा विभिन्न कलेजका प्रयोगशालाबाट प्रायोगिक रूपमै समेत सिद्ध गर्ने कार्य पनि उनीबाट भइसकेको छ ।

  • From: www.facebook.com/physicsreformationcampaign