Thursday, July 27, 2017

नेपालबाट शुरू भएकाे वैज्ञानिक महाअभियान अब जापानमा पनि (From: setoghar.com)

(सोमवार, मंसिर २०, २०७३, सेतोघर डटकममा प्रकाशित समाचार: जानकारीका लागि साभार गरिएको, साथै rastriyakhabar.com, enayapatrika.com, janamanch.com, karnalikhabar.com आदि समाचारमाध्यमहरुमा पनि यस विषयसँग सम्बन्धित समाचारहरु प्रकाशित भएका थिए)

भौतिक विज्ञानका क्षेत्रमा पछिल्लो समयमा नेपालबाट थालिएको एक वैज्ञानिक अभियानले विश्वव्यापी रुपमा क्रियाकलापहरु अगाडि बढाउँदै आएको छ । सुरुसुरुमा देशका विभिन्न जिल्लाहरुमा रहेका विश्वविद्यालय, कलेज, विद्यालय, पुस्तकालय, प्रयोगशाला, अनुसन्धानकेन्द्र आदिमा निरन्तर रुपमा परीक्षण कार्यक्रम गर्दै आएको भौतिक शास्त्र पुनर्निर्माण अभियानले देशभित्र र बाहिर सन्जालहरु गठन गर्न थालेको छ । यस क्रममा हालै उक्त अभियान’को जापान सन्जाल गठन भएको छ । उक्त विश्वव्यापी वैज्ञानिक अभियानले जापान सन्जालमार्फत् जापानका विभिन्न शिक्षण संस्था र अनुसन्धान केन्द्रहरुमा भौतिक शास्त्रसम्बन्धी सचेतना, प्रवचन र परीक्षणहरु प्रदर्शन र सन्चालन गर्ने लक्ष्य राखेको छ । जापानमा खोलिएको उक्त सन्जालको संयोजकमा कृष्ण सुवेदी रहेका छन् भने सदस्यहरुमा प्रकाश श्रेष्ठ, रमेश कार्की, विकास सुवेदी र भरत केसी रहेका छन् ।
केही वर्षअघि नेपालका केही भौतिक शास्त्री, प्राध्यापक तथा विशेषज्ञहरुको रायसुझावलाई शिरोपर गर्दै थालिएको उक्त अभियानको केन्द्रिय अध्यक्षमा हाल भविन्द्र कुँवर रहेका छन् । अभियानले हालसम्म दर्जनौँ भौतिक शास्त्र प्रवचन कार्यक्रम, परीक्षण र सचेतनामूलक कार्यक्रमहरु अघि बढाउँदै आएको छ । नेपालभित्र काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुगं, म्याग्दी, पर्वत, चितवन आदि जिल्लाहरुमा समेत यस अभियानसँग सम्बन्धित कार्यक्रमहरु गरिएको छ । नित्तान्त नौला खोजहरु र पत्तालगाइहरुलाई प्रदर्शन र प्रस्तुत गर्ने लक्ष्यका साथ अघि बढेकाले यस अभियानका कार्यक्रमहरु निकै महत्त्वपूर्ण रहँदै आएका छन् ।
अनुसन्धानकर्ताहरुलाई नयाँ विषयहरुको जानकारी दिने र विज्ञानमा परीक्षणात्मक पक्षलाई विशेष जोड दिने उद्देश्यले सजिला र प्राप्य सामग्रीको प्रयोगबाट परीक्षणहरु प्रदर्शन गर्ने र सोको परिणाम सहभागीहरुले सहज रुपमा बोध गर्ने गरी उक्त अभियानले कार्यक्रम सन्चालन गर्दै आएको छ । यस क्रममा त्रिभुवन विश्वविद्यलय, काठमाडौँ विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट, काठमाडौँ मोडेल कलेज, युनिभर्सल उच्च माध्यमिक विद्यालय, हेराल्ड इन्टरनेशनल कलेज, युनाइटेड स्कलर्स एकेडेमी, अरनिको इन्टरनेशनल कलेज लगाएत देशका दर्जनौँ शिक्षण संस्थाहरुमा परीक्षणहरु सफलतापूर्वक सम्पन्न गरिएको अभियानका केन्द्रीय महासचिव नवीन भावुकले जानकारी गराए ।
विज्ञानमा परीक्षणलाई उचित स्थान दिनुपर्ने हुन्छ तर नेपाली विद्यालय तथा कलेजहरुमा अध्यापनका क्रमका कोर्सको भारका कारण प्रयोगात्मक परीक्षणहरुलाई समय दिन नसकिने बाध्यता देखिन्छ । त्यसैले यसबीच यस खालका कार्यक्रमहरु निकै उपलब्धिपूर्ण हुने प्रतिक्रिया उपस्थित सहभागीहरुको रहेको छ ।
विभिन्न परीक्षणहरु सफल भएपछि केही वर्षअघि थालिएको यस अभियान र यसका क्रियाकलापहरुमा नेपाल, भारत, चीन, पाकिस्तान, अमेरिका, नाइजेरिया, बेलायत, साउदी अरब, फिलिपिन्स, बर्मा, भुटान, बंगलादेश आदि विभिन्न देशका भौतिक शास्त्री, गणितज्ञ तथा विज्ञानप्रेमिहरुको चासो बढ्दै गएको देखिन्छ । यस अभियानले विज्ञानमा प्रयोगले मात्र सत्यता जाँच्न सक्छ भन्ने मूल उद्देश्यका साथ यस खालका कार्यक्रमहरु अगाडि बढाउँदै आएको छ । प्रमाणित आधार भएका नेपाली तथा विदेशी खोजकर्ताहरुका नयाँ खोजहरुलाई अग्रसारण गर्ने मूल उद्देश्यका साथ यस वैज्ञानिक अभियान अघि बढेको छ ।
हीनताबोधले केही गर्ने अवस्थामा आँच आएको र विभिन्न कारणले नेपालको विज्ञानको स्थिति सन्तोषजनक नभएको परिप्रेक्ष्यमा विज्ञान शिक्षाका क्षेत्रमा अभियानले झण्डै दशकअघिदेखि अघि बढाएका क्रियाकलापहरु र परीक्षणहरुलाई विषय विशेषज्ञ, विज्ञान मन्त्रालय र शिक्षा मन्त्रालयले पनि प्रोत्साहन गर्दै आएका छन् । अभियानका क्रियाकलापहरुबाट स्वदेशी तथा विदेशी विज्ञानप्रेमिहरुको चासो बढ्दै गएको छ । भौतिक शास्त्र पुनर्निर्माण अभियानका विश्वव्यापी क्रियाकलापहरुलाई जापानमा समेत अगाडि बढाउनका लागि सम्बन्धित कार्यक्रमहरु गर्दै जाने निर्णयका साथ जापानमा यस खालको सन्जाल पहिलाचोटि गठन गरिएको हो ।
परीक्षणका बेला नेपालमै छँदा अभियानका परीक्षण कार्यक्रमहरुमा सक्रिय भूमिका निर्वाह गरेका केही अभियन्ता र जापानमै रहँदा पनि सद्भाव व्यक्त गरिरहने सक्रिय र जिम्मेवार सदस्यहरु उक्त समितिमा रहेकाले जापान सम्पर्क समितिले छुट्टै पहिचान स्थापित गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास लिएको छु, अध्यक्ष कुँवरले बताए ।
यसै गरी अभियानले केही समयअघि चितवन जिल्लामा समेत शाखा गठन गरेको छ । उक्त शाखा आश्रिया परियारको नेतृत्वमा गठन भएको थियो । चितवन शाखाले टरौली सामुदायिक पुस्तकालय, रत्न नगर, केआरपि म्युजिक सेक्सन, पर्सा तथा पन्चकन्या बोर्डिङ स्कुल, टाँडी रत्ननगरमा प्रवचन तथा परीक्षण प्रस्तुत गरिसकेको छ । उक्त शाखामा सन्तोष चौधरी तथा मिथुन कुँवर सदस्य रहेका छन् ।

Monday, July 10, 2017

म्याग्दीका भविन्द्र कुँवरका खोजहरु विश्व कीर्तिमानको यात्रामा

(यो समाचार म्याग्दीकाली डटकमबाट साभार गरिएको हो । साथै setoghar.com, nepalesenews.com आदि समाचारमाध्यमहरुमा पनि यस विषयसँग सम्बन्धित समाचारहरु प्रकाशित भएका थिए ।)
First Published Date: July 10, 2017
धु्रबसागर शर्मा
भौतिक शास्त्रमा केही शताब्दीदेखि समस्याग्रस्त सूत्रहरुको रुपमा पठनपाठन हुँदै आएका र एक शाखामा प्रयोग भई अर्को शाखामा प्रयोग नहुने मानिएका झन्डै १ सय बढी सूत्रहरुको समस्याको समाधान नेपालमा गरिएको एक अनुसन्धानबाट पत्ता लागेको छ । पछिल्लो समयमा काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स्मा नेपाली खोजकर्ता भविन्द्र कुँवरले सम्पन्न गरेको उक्त खोजले विश्व कीर्तिमानको यात्रा तय गर्ने देखिएको हो ।
कुँवरका बिगत २ दशकदेखिका ती खोजहरुलाई असार २५ गते चितवनमा गरिएको एक कार्यक्रमका बीच प्रस्तुत गरिएको हो । काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स्को लगानीमा सम्पन्न भएको ‘शास्त्रीय भौतिक शास्त्रमा दुर्यान्तर र प्रदुर्यान्तरको भूमिका’ शीर्षकको अनुसन्धानपत्रमा न्युटनको चालको दोस्रो नियम लगाएतका झन्डै १ सय वटा सूत्रहरुमा निहित समस्या र तिनको प्रमाणित समाधान दिइएको थियो । उक्त भौतिक शास्त्र प्रवचन कार्यक्रममा प्रमुख वक्ता कुँवरले चालको दोस्रो नियम र अन्य १ सय बढी नियमसँग सम्बन्धित सरल परीक्षणहरु समेत प्रस्तुत गरेका हुन् ।
म्याग्दीको बेनी नगरपालिका २ का खोजकर्ता भविन्द्र कुँवर ती समस्याहरुको समाधानका लागि बिगत १९ वर्षदेखि अनुसन्धानरत थिए । उनले केही समययता एकएक गर्दै केही परिणामहरु सार्वजनिक गर्दै आएका थिए ।
कुँवरको खोजलाई सम्भवतः समग्र भौतिक शास्त्रको खोजमूलक इतिहासमा सबैभन्दा ठूलो उपलब्धी हुनसक्ने धारणा सहभागी अवलोकनकर्ताहरुले राख्दै आएका छन् । कुँवरका खोजहरुबारे स्थानीय स्तरमा जानकारी गराउनका लागि स्थानीय जुझारु युवाहरुको सक्रियतामा असार २५ चितवनको झुवानी पुस्तकालयले परीक्षण र प्रवचन कार्यक्रमको आयोजना गरेको थियो । परीक्षण तथा प्रवचनमा सहभागी हुन जिल्लाका खैरहनी, रत्ननगर र राप्ती नगरपालिकाका शिक्षक तथा विज्ञानप्रेमिहरु उपस्थित भएका थिए ।
परीक्षणमूलक प्रवचन कार्यक्रममा के भयो ? 
कार्यक्रममा सहभागीका तर्फबाट मनोज चौधरी, मिथुन कुँवर, निरन्जन ज्ञवाली, गणेश बि.क., सुरज कालाखेती, राज प्रणय र कुशल कुँवरले विभिन्न जिज्ञासाहरु राखेका थिए । स्पष्ट र प्रयोगात्मक खोजहरुलाई अघि बढाउन माथिल्लो निकायले गम्भीरतापूर्वक लाग्नुपर्ने धारणा उनीहरुको थियो । चितवनमा भौतिक विज्ञान अध्यापन गर्ने शिक्षकहरुले कार्यक्रम अत्यन्तै रोचक भएको र उपलब्धीपूर्ण जानकारी हासिल भएको अनुभव सुनाएका थिए । प्रवचन कार्यक्रमपछि केही सहभागीहरुले त्यस विषयमा थप छलफल र अन्तक्र्रिया समेत गरेका थिए ।
कुँवरका दर्ता गराएका १ दर्जन अनुसन्धानपत्रहरु हेर्दा झन्डै डेढ सय बढी भौतिक शास्त्रीय सूत्रहरुमा दाबी गरिएको देखिए पनि हालसम्म १ सय सूत्रहरुको मात्र परीक्षण गर्न सकिएको हो । अन्य सूत्रहरुको समाधान पनि परीक्षणका क्रममा रहेको र आफू आवश्यक साधनश्रोत जुटाउने क्रममा रहेको कुँवर बताउँछन् ।
अनुसन्धानकर्ता कुँवरले अनुसन्धानका लागि अर्बौँ खर्च गर्दा पनि समाधान फेला पर्न नसकेका जटिल विषयहरुको समाधान कम खर्चमा भेटिएको बताए । १ र २ जोड्दा २ नै हुन्छ ३ हुँदैन भन्ने आधारभूत मनाइलाई सही मान्ने र त्यसमा आधारित सूत्रहरुमा करोडौँ डलर खर्च गरेर अनुसन्धान गर्ने पछिल्लो खोजपरम्परा निकै रोचक शैलीको भएको कुँवर बताउँछन् ।
उनले भने, ‘कम्तीमा विश्वप्रसिद्ध जर्नलका सम्पादकहरुले यी परीक्षणमूलक खोजहरुका बारेमा समयमै जानकारी राख्न सकेमा परीक्षणविहीन परम्पराको शिकार हुनबाट खोजकर्ताहरु बच्न सक्नेछन् ।’ ‘भौतिक विज्ञानका क्षेत्रमा परीक्षणबाट प्रमाणित विषयहरुलाई विश्वभरिका शिक्षकहरु, अनुसन्धानकर्ता र विद्यार्थीहरुलाई हामी सबैले जतिसक्दो जानकारी गराउनुपर्छ ।’, अनुसन्धानकर्ताहरुलाई सहकार्यका लागि अनुरोध गर्दै कुँवरले थपे, ‘कम्तीमा जर्नल, विश्वविद्यालय र अनुसन्धानकेन्द्रहरुले भौतिक विज्ञानसम्बन्धी अनुसन्धानपत्रहरुलाई परीक्षणविहीन परम्परा र तथ्यइतर प्रभावहरुबाट बचाई परीक्षणबाट प्रमाणित विषयहरुलाई आधारका रुपमा ग्रहण गर्नुपर्छ ।’
भौतिक शास्त्रीय सूत्रहरुमा के समस्या थियो ?
भौतिक शास्त्रका सूत्रहरुमा समस्या रहेको कुरामा संसारभरिका वैज्ञानिकहरु एक मत हुँदै आएको देखिन्छ । आइन्सटाइनले पनि यही समस्याका कारण आफ्नो जीवनको पछिल्लो ३० वर्ष साझा सूत्रको खोजीमा बिताएको इतिहास पाइन्छ । तर आजसम्म कोही पनि उक्त समस्याको चुरोसम्म पुग्न सकेका थिएनन् ।
न्युटनी सूत्रहरु क्वान्टम मेकानिक्स लगाएतका धेरै शाखामा मेल खाँदैनन् भनी उल्लेख भएको पाइन्छ तर आजसम्म त्यसको कारण पत्ता लागेको थिएन । आइन्सटाइनले यसका लागि केही नयाँ विकल्पहरु सुझाउने प्रयास गरे पनि विज्ञानसम्मत रुपमा पुष्टि हुन सकेन ।
भौतिक विज्ञानका विद्युत चुम्बकीय खन्ड र द्रवस्थिति विज्ञानका सूत्रहरुका पनि प्रशस्त सीमाहरु छन् । क्वान्टम मेकानिक्समा भएका दर्जनौँ सूत्रहरु पनि दुविधाग्रस्त छन् । तर कुँवरले यीमध्ये धेरै सूत्रहरुका आधारभूत मानाइमा समस्या रहेछ भन्ने तथ्य पहिल्याएका हुन् ।
कुँवरले कहिलेदेखि खोज गरेका थिए ?
विज्ञानमा रुचि भएका कुँवरले वि.स. २०४७ मा हावाबाट चल्ने रोचक संयन्त्रको निर्माण गरेका थिए । वि.सं. २०५५ देखि भने उनले नयाँ विषयमा खोजी कार्य थालेका थिए । कुँवरले त्यस समयमा स्थानीय सामग्रीहरुको प्रयोगबाट केही परीक्षणहरु गरे पनि कुनै परिणाम प्राप्त भएको थिएन । हाल सफल भएका कतिपय परीक्षणहरु भने त्यही खोजका लागि गरिएको प्रयासको उपज भएको कुँवर बताउँछन् ।
आफूले थालेको नयाँ खोज कसैले पनि हुन नसक्ने भनेपछि कुँवरले केही समय परीक्षणको योजना रोकेका थिए । केही वर्षपछि विदेशबाट आएका आफ्ना दाजु रोहित कुँवरलाई उक्त यन्त्रको सम्भावनाबारे बताएपछि भने हुन सक्ने सम्भावना रहेको बताएका थिए । उनले परीक्षणका लागि कुँवरलाई केही रकम पनि उपलब्ध गराइदिएका थिए । त्यसपछि कुँवरले ग्यालेक्सी इन्जिनियरिङ वर्कसपमा त्यस संयन्त्रसँग सम्बन्धित केही परीक्षणहरु गरेका थिए । संकटकालको आकस्मिक चेकजाँच र स्नातकोत्तर अध्ययनको आवेदन फाराम खुलेका कारण केही समय उनको खोज रोकिएको थियो ।
स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि वि.सं. २०६५ सालमा कुँवरले एउटा अनुसन्धानपत्रको प्रारुप सार्वजनिक गरेका थिए । हालसम्म उनका युबिएम १, सियुएस १, आरटिएम १, एसएटिएम १ जस्ता यन्त्रहरु सफल भइसकेका छन् भने भौतिक विज्ञानसँग सम्बन्धित ५ वटा पुस्तकहरु र केही अनुसन्धानपत्रहरु प्रकाशित छन् । उनले विज्ञानसँग सम्बन्धित दर्जनबढी अनुसन्धानपत्रहरु दर्ता गराएका छन् ।
कुँवरले गरेका खोजहरु केके हुन् ?
कुँवरले पछिल्लो समयमा सैद्धान्तिक परीक्षणहरुमा समय लगाएका छन् । उनले केही वर्षअघि द्रवस्थितिविज्ञानमा नयाँ तथ्य पत्ता लगाएका थिए । जसअनुसार तरल पदार्थमा रहँदा कुनै वस्तुले अनुभव गर्ने ऊध्र्वचाप त्यस वस्तुले विस्थापन गर्ने तरल पदार्थको तौलसँग बराबर नभई घटी, बढी वा जतिसुकै पनि हुन्छ भन्ने नयाँ तथ्यको खुलासा भएको थियो । यस सिद्धान्तपछि ऊध्र्वचापबाट ऊर्जा निकाल्न सकिने बाटो खुलेको हो ।
कुँवरले केही वर्ष लगाएर युबिएम १ को निर्माण गरेका थिए । यसपछि उनको नयाँ सिद्धान्तअनुसार ऊर्जा उत्पादन भएको थियो । वि.सं. २०६९ मा काठमाडौँ मोडेल कलेज र युनाइटेड स्कलर्स एकेडेमीले उक्त यन्त्रको परीक्षण प्रदर्शन कार्यक्रम आयोजना गरेका थिए । उक्त नयाँ सिद्धान्त रोचक र उपयोगी देखिएपछि नवराज घिमिरे, धिरज कोइराला, आश्रिया परियार, सन्तोष चौधरी र मिथुन कुँवरले पनि देशका विभिन्न विद्यालय र कलेजहरुमा सम्बन्धित परीक्षणकार्यक्रमहरु गर्दै आएका छन् ।
वि.सं. २०६७ मा प्रकाशित एउटा पुस्तकले अझ चुनौतीपूर्ण यात्रातर्फ मोडेको कुँवर बताउँछन् । भौतिक शास्त्रका झन्डै डेढसय सूत्रहरु परीक्षणबिना प्रचलनमा रहेको र तिनको वस्तुपरक समाधानको खोजी गर्नुपर्ने कुरा कुँवरले उक्त पुस्तकमा उल्लेख गरेका थिए । त्यतिबेला कुँवरले चौतर्फी विरोधको सामना गर्नु परेको थियो । यस विषयलाई स्पष्ट गर्नुपर्ने बाध्यताका कारण उनलाई ठाउँठाउँमा परीक्षणसहितको प्रवचन कार्यक्रम लिएर जानुपर्ने भएको थियो ।
उनको परीक्षण अवलोकन गर्ने साथीहरुले दिएको सहयोग र समर्थनबाट भौतिक शास्त्र पुनर्निर्माण अभियानलाई अघि बढाउन धेरै सजिलो भएको कुँवर बताउँछन् । सुरुमा केही विषयविशेषज्ञ र भौतिक शास्त्रीहरुले यस्ता महत्त्वपूर्ण विषयहरुलाई अभियानका रुपमा अघि बढाउने सुझाव दिएपछि अभियानमूलक कार्यक्रमहरु सन्चालन गरिएको थियो ।
कुँवरले गरेका परीक्षणहरुबाट प्रवेग, बलको नियम र सुवात समीकरणहरुले पदार्थको वास्तविक स्वभावभन्दा फरक परिणाम दिएको देखिएपछि समाधान खोज्दै जाँदा दुर्यान्तर र प्रदुर्यान्तरले भूमिका निर्वाह गर्ने देखिएको हो ।
‘शास्त्रीय भौतिक शास्त्रमा दुर्यान्तर र प्रदुर्यान्तरको भूमिका’ शीर्षकको उक्त खोजमा झन्डै १ सय सूत्रहरुलाई सप्रमाण पुनर्निर्माण गरिएको छ भने अन्य सयौँ सूत्र र नियमहरुका लागि नयाँ आधार पत्ता लागेको छ ।  यीबाहेक खोजकर्ता कुँवरले चालका नियमहरु, शक्तिका सूत्रहरु, कार्यको सूत्र, सामथ्र्यको सूत्र आदिको पनि परीक्षण गरेका छन् । तरंग, मोमेन्ट अफ इनर्सिया, कोणीय गति, कोणीय प्रवेग आदिमा पनि उनले परीक्षण गरी नयाँ समाधान दिएका छन् । कुँवरले यी विषयसँग सम्बन्धित अन्य केही अनुसन्धानपत्रहरु प्रकाशन गरेका छन् भने दर्जनबढी अनुसन्धानपत्रहरुमा समेटिएका समीकरण र खोजहरु केही वर्षपहिले नै दर्ता गराइसकेका थिए ।
परीक्षणका क्रममा कुँवरले भौतिक शास्त्रका सबै खाले बल, शक्ति, कार्य वा सामथ्र्यको सही समाधान दिन सक्ने एउटै सूत्र पनि पत्ता लगाएका छन् । उक्त सूत्रको खोजले क्वान्टम मेकानिक्समा समेत स्पष्ट आधार तयार पारेको उनले बताए । कार्यक्रममा उपस्थित सहभागीहरुलाई १ सय १४ सूत्र र खोजहरुको संक्षिप्त परिचय, सुव्रत समीकरणका जाँचहरुको विवरण र उदाहरण तथा अन्य सहायक सामग्रीहरु समेत उपलब्ध गराइएको थियो ।
भौतिक विज्ञानमा समस्या कहाँबाट सुरु भयो ?

भौतिक शास्त्रमा सबैभन्दा ठूलो र डरलाग्दो समस्या भनेको १ र २ जोड्दा ३ नभई २ नै हुन्छ भन्ने नतिजा दिने विश्वप्रसिद्ध सूत्रहरुको निर्माण हुनु रहेको तथ्य कुँवरले खुलासा गरेका हुन् । तर त्यो गल्ती नियतवश गरिएको नभई झुक्किएर भएको हुन सक्ने उनले बताए ।
‘मेरो आजसम्मको सानो प्रयोगशालीय अनुभव र सक्दो प्रयासबाट भौतिक शास्त्रमा समस्या उत्पन्न गर्ने अत्यन्तै विचित्रको कारण फेला पर्यो । सोह्रौँ शताब्दीका एक वैज्ञानिकले १ र २ जोड्दा २ नै हुने भन्ने नतिजा दिने गरी अनौठो प्रकारको आधारभूत मानाइका आधारमा सूत्र निर्माण गरेका रहेछन् । त्यसैको मियोमा सिंगो भौतिक शास्त्र घुमिरहेको रहेछ ।’, कुँवरले भने, ‘उहाँ पनि अझ अघिका कुनै वैज्ञानिक वा प्रचलनको प्रभावमा पर्नुभएको हुन सक्छ ।’
यस विषयलाई थप जोड दिँदै भौतिक शास्त्र पुनर्निर्माण अभियानका अध्यक्षसमेत रहेका कुँवरले भने, ‘१ र २ जोड्दा २ हुनुपर्ने अनिवार्यता सिर्जना गर्ने परिमाण र त्यस परिमाणमा आधारित नियमहरुले भौतिक शास्त्रलाई सत्यको नजिक पुग्न बाधा खडा गरेको देखिएपछि जानाजान मौन बस्नु पनि एक अर्थमा अपराधै होलाजस्तो लाग्यो र अभियानका रुपमा यो अघि बढेको छ ।’
‘मेशिनले एउटा काम गरिरहेको हुन्छ, हिसाब अर्कै निक्लिन्छ । त्यही शिक्षाका लागि राज्यको लगानी हुन्छ ।’, कुँवरले आश्चर्य प्रकट गरे । संसारभरिका विद्यार्थी र वैज्ञानिकहरुलाई झुक्काइरहेको विषयलाई कसैले पनि हल्का रुपमा लिन कदापि नहुने बताए ।
भौतिक शास्त्रमा आविष्कर्ता र वैज्ञानिकहरुले गर्ने कार्यहरु फरकफरक हुन्छन् । एउटै नियमका आधारमा हजारौँ आविष्कारहरु हुने हुँदा भौतिक विज्ञानमा नियम वा सिद्धान्तहरुसम्बन्धी खोजहरुलाई महत्त्वको साथ हेरिन्छ भने नयाँ आविष्कारहरुले पनि नियमहरुको जन्म दिने सम्भावना पनि त्यतिकै हुने मानिन्छ । प्रविधि तथा उपकरणको आविष्कारका क्षेत्रमा भने जापानका शुनपेइ यामजकीको कीर्तिमान छ ।
कुनै उपकरण, औजार वा संयन्त्र निर्माणमा आविष्कर्ताहरु केन्द्रित रहन्छन् भने नियम वा सिद्धान्तको अनुसन्धानमा वैज्ञानिकहरु केन्द्रित हुन्छन् । खोजकर्ता कुँवरले चाहिँ नियम र सिद्धान्तहरुको अनुसन्धानमा बढी समय खर्चिँदै आएका छन् ।